Home / Society / भागरथी भट्टको हत्यामा संलग्नको पहिचान भएको प्रहरीको दाबी, बुधबार सार्बजनिक गरिदैँ

भागरथी भट्टको हत्यामा संलग्नको पहिचान भएको प्रहरीको दाबी, बुधबार सार्बजनिक गरिदैँ

केही दिन अघि बलात्कार पछी हत्या गरिएकी भागरथी भट्टको हत्यामा संलग्नको पहिचान भएको प्रहरीले दाबी गरेको छ।

हत्यामा सम्लग्न हुन सक्ने भन्दै शनिबार एक शिक्षकलाई कञ्चनपुरबाट पक्राउ गरी बैतडी लगिएको थियो ।

सार्वजनिक सेवामा रहेका सहित केही व्यक्तिलाई विशेष निगरानीमा राखेर प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

त्यस लगत्तै प्रहरीले भट्ट अध्ययनरत विद्यालयकै एक छात्रले अभियोग स्वीकार गरेको प्रहरीले जनाएको छ ।

अभियोग स्वीकार गर्ने युबकलाइ आज सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । अनुसन्धान प्रभावित हुने भन्दै छात्रबारे प्रहरीले थप विवरण खुलाएको छैन ।

सनातन धर्मा माध्यमिक विद्यालयमै कक्षा ११ मा अध्ययन गर्ने छात्रले अभियोग स्वीकार गरेका हुन् । भागरथी कक्षा १२ मा अध्ययनरत थिइन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा ती छात्रले अभियोग स्वीकार गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अघिल्लो साता बैतडीको दोगडाकेदार गाउँपालिका ७ को जङ्गलमा मृत अवस्थामा १७ वर्षीय भट्टको शव फेला परेको थियो ।

व्यापक दवाबका बिच अनुसन्धान गरिरहेको प्रहरीले हत्यालाइ सुक्ष्म ढङ्गबाट अनुसन्धान गरिरहेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *