काठमाडौं : नग्न तस्बिर सार्वजनिक गरिदिने भन्दै धम्की दिने विनयजंग बस्नेतलाई प्रहरीले गोंगबुबाट पक्राउ गरेको छ।
बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजंगविरूद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा आफूलाई धम्की दिएको भन्दै आइतबार जाहेरी दिएकी थिइन्।
काठमाडौं महानगरीय प्रहरी परिसरका एसएसपी असोक सिंहका अनुसार बस्नेतले सपना रोका मगरका नग्न तस्बिर सार्वजनिक गरिदिने धम्की युट्युबमार्फत दिएपछि उजुरी आएको र आज (मंगलबार) पक्राउ गरिएको हो।
बस्नेतविरुद्ध अभद्र व्यवहारमा पुर्जी दिइएको छ। सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम गर्दै आएका थिए ।






