Home / Nepal / News / काठमाडौं उपत्यकाको तापक्रम ८.५ डिग्री, आज देशभर बादललाग्ने सम्भावना

काठमाडौं उपत्यकाको तापक्रम ८.५ डिग्री, आज देशभर बादललाग्ने सम्भावना

काठमाडौं : काठमाडौं उपत्यकाको आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस रहेको छ।

पश्चिमी वायुको प्रभावले हाल देशका केही स्थानमा सामान्यदेखि आंशिक बदली रहेको छ। यसको सामान्य प्रभाव अझै केही दिन रहनेछ।

मौसमविद् गंगा नगरकोटीका अनुसार आज दिनैभरि बादल र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशैभर बादल लाग्ने देखिन्छ। घाम लागिहाले पनि पातलो लाग्नेछ।

कतै–कतै क्षणिक फाट्टफुट्ट वर्षा हुनसक्ने तर देशभर तत्काल वर्षाको सम्भावना नदेखिएको उनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *