काठमाडौं : छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्न माग गर्दै लामो समयदेखि अनशनरत् गंगामाया अधिकारीको जीवनरक्षा र न्यायका लागि सरकारलाई दबाब दिन मंगलबार मानवअधिकारकर्मी सडकमा आएका छन्।
काठमाडौंको नक्सालस्थित नारायणचौरबाट गंगामायाको जीवनरक्षा र न्यायका लागि प्रधानमन्त्री निवास बालुवाटारसम्म नेपाल मानवअधिकार संगठनले नागरिक र्यालीको आयोजना गरिएको हो।
सहभागीहरुले दण्डहीनता अन्त्य, गंगामायालाई न्यायसहित जीवनरक्षाको माग गर्दै उक्त र्याली प्रदर्शन गरेका छन्।






