काठमाडौं- काठमाडौंमा बृहत जनसभा आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी केपी शर्मा ओली समूहले विभिन्न ठाउँबाट र्याली सुरु गरेको छ।
शुक्रबार नारायणहिटी दरबार संग्रहालयबाहिर सभा आयोजना गरेको ओली समूहका नेता कार्यकर्ताले काठमाडौंका विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शन गरेका छन्।
उपत्यकाका विभिन्न १६ ठाउँबाट र्याली सुरु हुने र सबै र्यालि हरु सभास्थलसम्म आउने ओली समूहले जनाएको छ ।






