काठमाडौं : आज विश्व क्यान्सर दिवस क्यान्सरसम्बन्धि जनचेतना फैलाउने उद्देश्यले ,नेपालमा पनि हरेक वर्ष फेब्रुअरी ४ मा यो दिवस विविध कार्यक्रम गरि मनाउने गरिएको छ।
विश्व स्वास्थ संगठनको तथ्यांक अनुसार विश्वमा प्रत्येक वर्ष १ करोड ८१ लाख मानिसलाई क्यान्सर रोग लाग्ने गरेको छ। जसमध्ये करिब ८० लाख मानिसको मृत्यु हुने गरेको छ ।
नेपालमा समयमै रोग पहिचान नहुनु र उपचारको पहुँच कमभएका कारण प्रतिवर्ष २६ हजार मानिसमा क्यान्सर लाग्ने गरेको बताइएको छ। तीमध्ये १९ हजारको मृत्यु हुने गरेको छ। हाल नेपालमा करिब ६० हजार क्यान्सरका बिरामी रहेको अनुमान छ।
नेपालमा सबैभन्दा बढि देखिनेमा फोक्सोको क्यान्सर रहेको नेपाल अर्बुद रोग निवारण संस्थाको तथ्यांकले देखाएको छ । त्यसपछि आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बासयको क्यान्सरका बिरामी धेरै छन् । २२ प्रतिशत क्यान्सर भने धुमपानका कारण हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।






