Home / Society / सामाजिक सन्जालमा महिलालाई यौनउत्पीडन दिएको आरोपमा एकजना पक्राउ

सामाजिक सन्जालमा महिलालाई यौनउत्पीडन दिएको आरोपमा एकजना पक्राउ

काठमाडौं : सामाजिक सन्जालमा एक महिलालाई अश्लील भिडियो, फोटो तथा सन्देश पठाइ यौन उत्पीडन तथा हैरानी दिएको आरोपमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सल्यान कुमख गाउँपालिका ४, सरोडाडा बस्ने रमेश शाही भन्ने ३६ वर्षीय रवि शाही छन्।

शाहीले यौन उत्पीडन तथा हैरानी दिई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको खुलेपछि जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा साइबर ब्युरो भोटाहिटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *