काठमाडौं- इटालियन नकआउट क्लब फुटबल प्रतियोगिता कोपा इटालियाको क्वार्टरफाइनलमा युभेन्टसको प्रतिस्पर्धी पक्का भएको छ। गत राति अन्तिम १६ मा एसपिएलले सासुओलोलाई हराउँदै अन्तिम आठमा युभेन्टससँगको भेट पक्का गरेको हो । एसपिएलले लिगकै एक बलियो टोली सासुओलोलाई उसकै घरमा ०–२ ले हराएर क्वार्टरमा युभेन्टससँगको भेट पक्का गरेको हो।
अब प्रतियोगिताको सेमिफाइनल जान युभेन्टस र एसपिएलले अन्तिम आठमा भिडन्त गर्नेछन्। यसअघि युभेन्टसले आफ्नो घरेलु मैदानमा जेनोआलाई ३–२ ले हराएर क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो। युभेन्टस र एसपिएलको खेल जनवरी २६ तारिखमा हुनेछ।






