काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा बिहीबार सुनको मूल्य घटेको छ। सुन अघिल्लो दिनभन्दा ८ सय रुपैयाँले सस्तिएको हो।
बुधबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार ९२ हजार १ सयमा झरेको हो। यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ६ सय कायम भएको छ।
सुनको मूल्य घटेको दिन चाँदी पनि १५ रुपैयाँले सस्तो बनेर प्रतितोला १२ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ।






