बीबीसी। अमेरिकी संसद भवनमा आक्रमण र तोडफोडमा उत्रिएका आफ्ना समर्थकलाई उत्तेजित पार्ने ट्वीट गरेपछि अमेरिकी पुर्ब राट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट बन्द गरिएको छ।
ट्वीटरले राष्ट्रपति ट्रम्पको एकाउन्ट १२ घण्टाका लागि बन्द गर्ने घोषणा गरेको हो। यस्तै गरी फेसबुकले समेत उत्तेजना फैलाउन मदत गरेको भन्दै २४ घन्टाका लागि ट्रम्पको फेसबुक पेज बन्द गरिदिएको छ।






