Home / Nepal / कार दुर्घटनामा पूर्वराज्यमन्त्री विनोदकुमार शाहसहित ५ जना घाइते

कार दुर्घटनामा पूर्वराज्यमन्त्री विनोदकुमार शाहसहित ५ जना घाइते

बर्दिया : नेपालगन्जबाट सुर्खेतको विरेन्द्रनगरतर्फ जाँदै गरेको कार सोमबार दिउँसो अनियन्त्रित भइ दुर्घटना हुँदा पूर्वजलस्रोत राज्यमन्त्री विनोदकुमार शाहसहित पाँच जना घाइते भएका छन्। बा २१ च ४७४६ नम्बरको कार बर्दिया बासगढी नगरपालिका -१ चेपाङको २९ खोला नजिक पल्टिएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक केदार रोजौरेका अनुसार कार पल्टिँदा पूर्वराज्यमन्त्री विनोदकुमार शाह, लक्ष्मी शाह, पदमबहादुर शाही, सूर्यबहादुर शाही र कार चालक विनय भण्डारी घाइते भएका छन्।

पूर्वराज्यमन्त्री शाहको अवस्था गम्भिर रहेको छ। घाइतेमध्ये अन्य चार जनाको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक रोजौरेले जनाए। चालक भण्डारीको कोहलपुरस्थित शिक्षण अस्पताल र ४ जनाको नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कार सडकदेखि करिब ६० मिटर तल खसेको थियो। उक्त घटना सदरमुकाम गुलरियादेखि करिब ६० किमी पूर्व उत्तर रत्न राजमार्गमा भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *