लमही : दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–ट्वान्टी क्रिकेटको फाइनल खेल आज हुँदैछ। उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र प्रदेश १ ले प्रतिस्पर्धा गर्नेछन्।
एपीएफ क्लब र प्रदेश १ यी दुई टोलीबीचको खेल आज बिहान ११ बजेबाट सुरु हुनेछ।
एपीएफ आजको खेलमा सहज जित निकाल्दै उपाधि जित्ने योजनामा छ। तर, बलियोे प्रदेश १ विरुद्ध एपीएफलाई जित निकाल्न सहज भने छैन।
राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीको नेतृत्वमा रहेको प्रदेश १ पहिलो पटक उपाधि उचाल्ने योजनामा रहेको छ। समूह चरणका तीन खेल र सेमिफाइनलको खेलमा प्रदेश १ ले सहज जित निकालेको छ।
यता एपीएफ पनि आजको खेलममा सहज जित निकाल्दै उपाधि रक्षा गर्ने योजनामा रहेको छ। साविकको विजेताका हिसावले पनि एपीएफलाई दबाब छ।






