काठमाडौं : विश्व स्वस्थ्य संगठनले फाइजर बायोएनटेक खोपलाई आपत्कालीन प्रयोगका लागि सूचीकृत गरेको छ ।
बिहीबार फाइजरलाई अनुमति दिँदै अब युनिसेफ र अमेरिकी स्वास्थ्य संगठनलाई पनि विश्वभर खोप वितरण गर्न बाटो खुलेको जनाएको छ।
बेलायतबाट डिसेम्बर १० मा आपत्कालीन प्रयोग गर्न सुरु गरिएको फाइजरको खोप अहिले अमेरिकालगायत १७ ओटा मुलुकले प्रयोग गरिरहेका छन्।
अल्ट्रा कोल्डचेन अर्थात् माइनस ६० देखि ९० डिग्री सेल्सियससम्ममा भन्डारण गर्न सकिन्छ भने यसको बजार मूल्य १९.५ डलर प्रतिखोप तोकिएको छ।






