काठमाडौं : नेकपाको प्रचण्ड–नेपाल समूहले वाग्मती संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएको छ।
बुधबार पेरिसडाँडामा बसेको बैठकले पौडेललाई हटाएर संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको हो।
शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरी उक्त समूहले अविश्वास प्रस्ताव पनि प्रदेशसभामा दर्ता गरिसकेको छ।






