काठमाडौं : झापाको मेची नगरपालिका–८, मेची सडकबाट पाँच ग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय सुरज पौडेल र अर्जुनधारा नगरपालिका–८ बस्ने २१ वर्षीय अंकित शर्मा रहेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरीले को३८प ७१४९ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको पदार्थसहित फेला पारी पक्राउ गरेको जनाइएको छ।






