Home / Politics / केपी ओलीले सानदार ढंगले कांग्रेस जित्ला र संसदमा ताली बजाएर स्वागत गरौंला भनेर चुनाव घोषणा गरेका होइनन्,’ गगन थापा

केपी ओलीले सानदार ढंगले कांग्रेस जित्ला र संसदमा ताली बजाएर स्वागत गरौंला भनेर चुनाव घोषणा गरेका होइनन्,’ गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले प्रतिनिधि सभा भंग गरेकोले पुनर्स्थापना हुनुपर्ने बताएका छन्।

प्रधानमन्त्रीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेको र उक्त मुद्दा सर्वोच्चमा रहेको उल्लेख गर्दै थापाले संविधान हेरेर अदालतबाट न्याय मिल्ने विश्वास पनि गरेका छन्।

नेपालगञ्जमा आज कांग्रेसले गरेको विरोध प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै थापाले कांग्रेस सानदार ढंगले जित्ला र संसदमा ताली बजाएर स्वागत गरौंला भनेर प्रधानमन्त्री ओलीले चुनाव घोषणा नगरेको पनि बताए।

‘केपी ओलीले सानदार ढंगले कांग्रेस जित्ला र संसदमा ताली बजाएर स्वागत गरौंला भनेर चुनाव घोषणा गरेका होइनन्,’ थापाले भने, ‘कुनै अलमल नगरी जनताका बीचमा तपाईंहरू जानुहोस्।’

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि ठूलो प्रहार गरेको थापाको भनाइ छ। उनले अदालतमाथि भरोसा रहेको पनि बताए।

‘अदालतप्रति कांग्रेसको भरोसा छ। अदालतको स्वतन्त्रताका लागि हामी लडेको हो,’ उनले भने, ‘अदालतले न्याय दिन सक्नुपर्छ अनि अदालत हुनुको अर्थ रहन्छ। अदालतले न्याय दियोस् श्रीमान्।’

न्यायमुर्तिप्रति भरोसा भए पनि कांग्रेस टुलुटुलु हेरेर बस्न नसक्ने भएकोले सडकबाट प्रतिरोध गरिएको थापाले बताए।

उनले अदालतबाट न्याय पाइएन भने जनताका बीचमा जाने पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *