काठमाडौं : धनुषामा महिला अधिकार र सशक्तीकरणका लागि काम गरिरहेको गैर—सरकारी संस्था, जोन्टा क्लब काठमाडौंले बालिकाहरुलाई सशक्त पार्ने पहलमा हेमिस्फियर फ्याशन र टीच फर नेपाल (टीएफएन) को सहयोगमा ५० वटा साइकल वितरण गरेको छ।
धनुषाका ४ वटा विभिन्न विद्यालयका ५० जना बालिकालाई टीएफएनका फेलोहरुले आर्थिक पृष्ठभूमिमा आधारमा उत्कृष्ट गर्न सक्षम र मेहनती विद्यार्थीहरूलाई चयन गरेर वितरण गरिएको जनाइएको छ। क्लबले ५ देखि कक्षा ८ सम्मका बालिकालाई जनता मा.वि., कजरा, रमौल परिसरमा साइकल वितरण गरेको क्लबले जनाएको छ।






