काठमाडौैं : हिमालय टेलिभिजनबाट प्रशारण भएको ‘डान्सिङ विथ द स्टार्स नेपाल’को उपाधि नायिका समेत रहेकी सुमी मोक्तानले जितेकी छिन्। उपाधिसँगै उनले नगद २० लाख रुपैयाँ पनि जितेकी छिन्।
उनलाई कोरियोग्राफ बिजु पार्कीले गरेका थिए ।
‘डान्सिङ विथ द स्टार्स नेपाल’को फष्ट रनर अप बुद्ध लामा भएका छन्। उनको जोडीका रुपमा बुद्धलाई केविका खत्रीले कोरियोग्राफ गरेकी थिइन्। बुद्ध लामा प्रथम नेपाल आइडलका विजेता पनि हुन्।
सेकेन्ट रनरअप प्रियाना आचार्य भएकी छिन्। उनलाई सुभम भुजेलले कोरियोग्राफ गरेका थिए।
‘शो’को निर्णायकमा गौरी मल्ल, दिलिप रायमाझी र रेनेशा राई थिए।






