Home / Nepal / News / कोभिड–१९ महामारीका कारण पीडित व्यवसायीहरु द्वारा आन्दोलनको घोषणा

कोभिड–१९ महामारीका कारण पीडित व्यवसायीहरु द्वारा आन्दोलनको घोषणा

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीका कारण पेशा, व्यवसायमा समस्या भोगेका व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका छन्। कोरोना भाइरसका कारण लकडाउन घोषणा पछि पेशा, व्यवसाय धरासायी भएको र राज्यले सेवामुलक तथा विभिन्न उद्योग, व्यवसायको समस्या समाधान गर्न उदासिन भएको भन्दै ७ दिनको अल्टिमेटम दिएर आन्दोलनको घोषणा गरेका हुन्।

कोभिडका कारण धरासायी बन्न पुगेका पेशा, व्यवसायको संरक्षणमा सरकारले राहत प्याकेज घोषणा गर्नुपर्ने, बन्द रहेका पेशा व्यवसायको सम्पूर्ण कर र जरिवाना मिनाहा गर्नुपर्ने, ऋणको व्याज, घरभाडा छुट गर्न राज्यले व्यवस्था गर्नुपर्ने लगायतका माग सरकारसँग राखिएको संर्घष समितिका संयोजक कर्णबहादुर शाहीले बताए।

माग पूरा गराउन सम्बन्धित निकायमा ७ दिनको म्याद दिएको उल्लेख गर्दै संघर्ष समितिले माग पूरा नभए निजी क्षेत्रबाट सरकारलाई तिर्ने करको अवज्ञा गर्ने, सडक प्रदर्शन गर्ने तथा राष्ट्र बैंक, वित्तिय संस्था एवम् सिंहदरबार घेराउ गर्ने संघर्षको कार्यक्रम घोषणा गरेको छ।

कोभिड–१९ संक्रमणका कारण गत चैत्र महिनाको लकडाउन पछि धेरै पेशा, व्यवसाय पूर्ण रुपमा आजसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *