Home / Nepal / News / पछिल्लो २४ घण्टामा १८ कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा १८ कोरोना संक्रमितको मृत्यु

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२१ कोरोना संक्रमित थपिएका छन्। सोही अवधीमा ८४२ संक्रमित निको भएका छन्। 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ। सक्रिय संक्रमितको संख्या १० हजार ९५५ छ। पछिल्लो २४ घण्टामा १८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७१६ पुगेको छ। 

मन्त्रालयका अनुसार १० हजार ९५५ जना आइसोलेसनमा छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २ लाख ३६ हजार ५७३ संक्रमित निको भइसकेका छन्। तथ्यांक अनुसार कुल १८ लाख ३६ हजार ४६४ पीसीआर परीक्षण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *