Home / Nepal / लागु औषध चरेस सहित दुईजना पक्राउ

लागु औषध चरेस सहित दुईजना पक्राउ

काठमाडौं : पर्सामा पाँच किलो लागु औषध चरेस सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–९ का ३७ वर्षीय भिमप्रसाद यादव र २२ वर्षीय घनश्याम यादव छन् ।  सखुवाप्रर्सौनी गाउँपालिका–२ श्रीपुर पचगवा स्थित ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । 

घनश्याम यादवले चलाउदै गरेको बीआर २२ ए पी ८८२३ नम्बरको मोटरसाईकल जाँच गर्ने क्रममा उनीहरुको साथबाट चरेस बरामद भएको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *