काठमाडाैं: कोभिड-१९ को सङ्क्रमणका कारण चैत ७ गतेदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना बिहिबारदेखि खुल्ने भएको छ।
स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी बिहीबारदेखि चिडियाखाना खुल्न लागेको सदर चिडियाखाना व्यवस्थापन पक्षले जनाएको छ।
चिडियाखानामा प्रवेशका लागि स्वास्थ्यका मापदण्ड तयार पारीएको प्रवेश टिकटको डिजिटलाइजेसन गरिएको र अनलाइनमार्फत् पनि लिन सकिने बनाइएको छ।
चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने र प्रवेश क्षेत्रमा स्यानिटाइजरको व्यवस्था गरिएको छ।
भीडभाड व्यवस्थापन गर्न एकपटकमा बढीमा ७०० देखि ८०० व्यक्तिलाई मात्र प्रवेश दिइने छ। हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ वन्यजन्तु रहेका छन।






