Home / Nepal / News / ढुङगा प्रहार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ

ढुङगा प्रहार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं : डोल्पामा ढुङगा प्रहार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ठूलीभेरी नगरपालिका ३ दुनै बस्ने रुकुम पश्चिम आठविसकोट नगरपालिका ११ घर भएका ३६ वर्षीय कविराम नेपालीको हत्या गरेको आरोपमा रुकुम पश्चिम आठविसकोट नगरपालिका ३ बस्ने ३३ वर्षीय प्रकाश बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।

बोहराले भदौ ३० गते साँझ ढुङ्गा प्रहार गर्दा घाइते भएका कविरामको बिहीबार राति उपचारको क्रममा मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । बोहरा यसअघि सोही घटनामा सार्वजनिक अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय डोल्पाबाट ३० हजार रुपैयाँ धरौटीमा छुटेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *