Home / Nepal / उदयपुरको कटारी स्थित सौर्य सिमेन्ट कारखानामा बम बिस्पोटन, घटनामा संलग्नहरुको खोजि जारी

उदयपुरको कटारी स्थित सौर्य सिमेन्ट कारखानामा बम बिस्पोटन, घटनामा संलग्नहरुको खोजि जारी

गाईघाट: उदयपुर जिल्लाको कटारी नगरपालिकामा रहेको सौर्य सिमेन्ट कारखानाको खानी क्षेत्रमा गएराति बम विस्फोट भएको छ।

बिस्पोटको जिम्मा अहिले सम्म कसैले लिएको छैन भने प्रहरीले घटनामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको संलग्‍नता रहेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

घटनामा संलग्नहरुको खोजीको लागि प्रहरी परिचलन गरिएको छ भने अहिले सम्म कसैलाई पनि पक्राउ नगरिएको उदयपुर प्रहरीले जनाएको छ।

संलग्नहरुको खोजि र घटनाको अनुसन्धानका लागि भन्दै सुक्रबार बिहान डिएसपी सहितको टोलि पुगेको उदयपुर प्रहरी प्रवक्ता इन्सपेक्टर छिरिङ शेर्पाले जानकारी दिएका छन।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *