काठमाडौं : रुपन्देही, नवलपरासी (पश्चिम) र स्याङजामा ३ जना मृत फेला परेका छन् । रुपन्देही, गैडहवा गाउँपालिका ६ गुलरियास्थित लुम्बिनी कलौनी सडक नजिक सोही ठाउँ बस्ने २६ वर्षीय दिनेश लोध मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी (पश्चिम), पाल्हिनन्दन गाउँपालिका ५ गेर्मी बस्ने ३५ वर्षीया रुकमणी यादव आफ्नै गोठमा मृत अवस्थामा फेला परेका छन् ।
स्याङजा, गल्याङ नगरपालिका १ राम्दीस्थित कालीगण्डकी नदीमा हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन् ।






