Home / Nepal / News / बाँकेमा दुई समुहका बीचमा झडप हुँदा एकको मृत्यु ९ घाइते

बाँकेमा दुई समुहका बीचमा झडप हुँदा एकको मृत्यु ९ घाइते

सोमवार साँझ बाँके जिल्लाको जानकी गाउँपालिका वडा नं. ५ बनियाँ गाउँमा दुइ समूहका बीचमा झडपमा हुदा ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको छ।

सोमबार बेलुका गुरुवा गाउँ मेलामा पुरानो रिसिबिलाई लिएर दुइ समूह बिचमा झडप भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

उनको बेलुका ८ बजेतिर नेपालगञ्ज नरसिंह कलेजमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काले जानकारी दिनु भएको छ।

घटनामा थप ९ जना घाइते भएका र उनीहरुको बाँकेमा उपचार भइरहेको छ। मृतक यादवको टाउकोमा गहिरो चोट लागेको र उनलाई लाठी र भाटाले प्रहार गरेको बुझिएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *