Home / Nepal / एपीएफ टोली द्वारा २४ वटा नेपाली पासपोर्टसहित एक जना पक्राउ

एपीएफ टोली द्वारा २४ वटा नेपाली पासपोर्टसहित एक जना पक्राउ

रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका एक डण्डास्थित सीमा इलाकाबाट मंसिर १४ गते एपीएफ टोलीले २४ वटा नेपाली पासपोर्टसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका ४ बस्ने २६ वर्षिय चन्दनप्रसाद रौनियार छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा युक्रेनको भिषा लागेको ५ वटा तथा अन्य १९ वटा नेपाली पासपोर्ट फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज रौनियारलाई बरामद पासपोर्टसहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय बेलहियामा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *