Home / World News / ग्रीन टि र पेट बोतलहरूको कालो चियाले कोरोना भाइरसको ९९ प्रतिशत किटाणु मार्ने जापानका बैज्ञानिकहरुको दाबी

ग्रीन टि र पेट बोतलहरूको कालो चियाले कोरोना भाइरसको ९९ प्रतिशत किटाणु मार्ने जापानका बैज्ञानिकहरुको दाबी

ओसाका: जापानको नारा प्रीफेक्चर स्थित नारा मेडिकल युनिभर्सिटीले आफ्नो अनुसन्धानको क्रममा व्यावसायिक रुपमा उपलब्ध कालो चिया रातो चियाले कोरोना भाइरसका किटाणुहरुलाइ ९९ प्रतिशत भन्दा बढी मार्न सक्ने दाबि गरेका छ्न।

नोभेम्बर २७ मा प्रकासित गरेको प्रतिबेदनमा व्यावसायिक रूपमा उपलब्ध चियाको साथ भाइरसलाई डुबाउँदा यसको प्रभाव पुष्टि भएको जनाएको छ। यद्यपि अनुसन्धानले त्यस्तो चिया पिउँदा कोरोना संक्रमण हटेको वा घटेकोबारे मानिसमा प्रभावको पुष्टि भने गरेको छैन।

तर चियाको एक मिनेट सम्पर्कमा आएको भाइरसले ९९ प्रतिशत आफ्नो सक्रियता गुमाएको अनुसन्धानकर्ताहरुले पुस्ठि गरेका छन। यस परिक्षण नारा मेडिकल युनिभर्सिटीका प्राध्यापक तोशिकाजु यानो माइक्रोबायल ईन्फेक्सस डिजिजको एक अनुसन्धान टोलीले गरेको थियो।

यस प्रयोगका करीव १० वटा उत्पादनहरू जस्तै ग्रीन टि र पेट बोतलहरूको कालो चिया प्रयोग गरिएकोमा सबैभन्दा प्रभावकारी कालो चियामा पाइएको थियो जुन चियाको पातबाट बनाइएको जनाइएको छ।

जसमा कोरोना भाइरस राख्दा १ मिनेटमा सय भागको एक भाग र १० मिनेटमा हजार भागको एक भाग मात्र संक्रमण बाँकी रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *