काठमाडौं: भारतीय टेलिभिजन तथा फिल्म उद्योगमा कार्यरत प्रवीण झाको निर्देशनमा नेपाली कथानक चलचित्र ‘डिसेम्बर फल्स’ निर्माण हुने भएको छ।
सस्पेन्स लभस्टोरीमा आधारित चलचित्रमा आर्यन सिग्देलको मुख्य भूमिका रहनेछ भने नायिकाको खोजी भइरहेको निर्माण पक्षले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा जानकारी दिएको छ ।
आर्यनसँगै चलचित्रमा सलोन बस्नेत, सुमन थापा, नरेश भट्टराईलगायत कलाकारको अभिनय रहने निर्माण पक्षले जानकारी दिएको छ ।
चलचित्रलाई छायांँकार रबि नायडुले छायांँकन गर्नेछन भने चलचित्रलाइ ०७८ सालको साउन १ गते प्रदर्शन गर्ने लक्ष राखिएको निर्माण पक्षले जानकारी गराएको छ।
‘डिसेम्बर फल्स’ को कथा बिपीका खनालले लेखेकी हुन जो पेशाले नर्स हुन। चलचित्रको स्क्रिप्ट र चलचीत्र युनिट राम्रो भएकोले आफुँले अभिनय गर्न चाहेको चलचित्रका मुख्य कलाकार अभिनेता आर्यन सिग्देलले बताएका छन।






