Home / Nepal / साउदीस्थित नेपाली राजदूतावास समक्ष बहिर्गमन भिसाका लागि आवेदन दिएका थप २९ जनाले बहिर्गमन भिसा पाए

साउदीस्थित नेपाली राजदूतावास समक्ष बहिर्गमन भिसाका लागि आवेदन दिएका थप २९ जनाले बहिर्गमन भिसा पाए

काठमाडौं । साउदीस्थित नेपाली राजदूतावाससमक्ष बहिर्गमन भिसाका लागि आवेदन दिएका थप २९ जनाले बहिर्गमन भिसा पाएका छन् । हालसम्म साउदीमा आवेदन दिएकामध्ये १२ सय ८० जनाले बहिर्गमन भिसा पाएको दूतावासले जनाएको छ ।

साउदी अरेबियाका विभिन्‍न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसा सहज र शीघ्र रुपमा प्रदान गर्दै आएको दूतावासले जनाएको छ । दूतावासले सहज रुपमा बहिर्गमन भिसा प्राप्त गर्न साउदी सरकारलाई  अनुरोध गरेबमोजिम त्यहाँ रहेका नेपालीहरुलाई बहिर्गमन भिसा दिइएको हो ।

हाल कतिपय नेपालीले आफ्नो अकामाको म्याद रहे/नरहेको बारेमा स्पष्ट नबुझी दूतावासमा पठाउने गरेको हुँदा आफ्नो अकामाको म्याद समाप्त भएको र कम्पनीले बहिर्गमन नलगाइदिएको भए वा अकामाको म्याद रहँदै कम्पनीले हुरुब भनी जानकारी गराएको अवस्था भएमा मात्रै पासपोर्ट र अकामाको फोटो खिची ह्‌वाट्स एप गर्न अनुरोध गरेको छ ।  

साथै, विभिन्‍न कसुरमा मुद्दा रहेका व्यक्तिहरुले पनि त्यस्तो मुद्दा सामाधान भइसकेपछि मात्रै यस्ता कागज पठाउन पनि जानकरी गराएको छ । बहिर्गमन भिसा जारी भएकाहरु जारी भएको मितिले ६० दिनभित्र साउदी अरब छाडिसक्नुपर्ने भएकाले स्वदेश फर्किने तयारी गर्न पनि अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *