धरान: सप्तरीको बोडे बर्साइन- ३ कि महिलाको बिहीवार राति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरसका कारण मृत्यु भएको छ।
७१ वर्षीया ति महिला संक्रमितको बिहीबार राति साढे ८ बजे उपचारका क्रममा मृत्यु भएको थियो।
उनलाइ हिजो नै अस्पतालमा भर्ना गरिएको र सोहि दिन उनलाई स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।





