Home / Society / काठमाडौंमा आज विहान ६ बजेको तापक्रम ६ डिग्री सेन्टिग्रेड

काठमाडौंमा आज विहान ६ बजेको तापक्रम ६ डिग्री सेन्टिग्रेड

काठमाडौं । काठमाडौं उपत्यकाका आज विहान ६ बजेको तापक्रम ६ डिग्री सेन्टिग्रेड रहेको छ । मौसम विद् बरुण पौडेलका अनुसार बिहान ८ः४५ बजेसम्म तापक्रम केही घट्न सक्ने छ ।  

यसैबीच, मौसम विद् पौडेलका अनुसार देशका धेरै स्थानहरुको वायुको तापक्रममा हल्का गिरावट आउनुको साथै तराई भू–भागमा बिहानीपख पारदर्शितामा कमी आई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको छ । त्यसैले  आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरे । 

“तराईमा डम्म भएर लाग्ने बाक्लो हुस्सु लाग्ने समय त भएको छैन । तर, आज भिजिविलिटी कम हुनसक्छ, त्यसैले हवाई तथा सडक यातायातमा केही सचेत देखिनुपर्छ,” मौसम बिद् पौडेल भन्छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *