Home / Nepal / News / रोक हेर र जाऊलाई पालना गराउदै ट्राफिक प्रहरी

रोक हेर र जाऊलाई पालना गराउदै ट्राफिक प्रहरी

काठमाडौं । सवारी चालकहरूले शाखा सडकबाट मूल सडकमा सहजै निस्कने ट्राफिक नियम रोक, हेर र जाऊलाई पालना गराउन आजदेखि ट्राफिक प्रहरी खटिएका छन् ।

सवारी चलाउँदा विशेषगरी ट्राफिक संकेत, अपनाउनुपर्ने सावधानीजस्ता नियमहरुको पालना गर्नुपर्ने भए पनि कतिपय सवारी चालकहरुले त्यसो नगरेको पाइएपछि प्रहरी खटिएका हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शाखा सडकबाट मूल सडकमा सहजै निस्कन ट्राफिक संकेत बोर्डहरुको पालना गराउन ३८० वटा शाखा सडकमा ३८० ट्राफिक प्रहरी खटाएको छ ।

सवारी चालकले भित्री सडकबाट मुख्य सडकमा निस्कँदा पर्ख, हेर र जाऊ भन्ने ट्राफिक नियम कतिपय चालकले पालना नगरेको कारण पालना गराउन तथा सिकाउन आजदेखि त्यस्ता चोक जक्सनमा ट्राफिक प्रहरी खटाइएको महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

उपत्यकाको ट्राफिक चाप व्यवस्थित गर्न तथा चोक जक्सनमा हुने सवारी दुर्घटना न्यूनीकरण गरी सहज र सुरक्षित यात्रा गराउन त्यस्ता ट्राफिक संकेत बोर्डहरू निर्माण गरी राखिएको उनले बताए ।  

उक्त नियम सवारी चालकहरूलाई पालना गराउन र सिकाउन पिकआवरको समयमा ३/३ घण्टा ट्राफिक प्रहरी खटिनेछन् । आज बिहानको समयमा मात्रै तीन हजार पाँच सयको हाराहारिमा चालकहरुलाई उक्त संकेत बोर्डको महत्त्व तथा फाइदाको बारेमा सम्झाई-बुझाई गरी पालना गर्नसमेत सुझाएको छ ।

यस्ता बोर्डहरू काठमाडौं उपत्यकाको मूल सडकमा निस्कने शाखा वा भित्री सडकको मुखैमा राखिएको महाशाखाले जनाएको छ ।

ad
ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *