Home / Nepal / News / हङकङमा जन्मदिन मनाउने क्रममा आगलागी हुँदा १० बर्षिय बालक सहित ७ नेपालीको मृत्यु

हङकङमा जन्मदिन मनाउने क्रममा आगलागी हुँदा १० बर्षिय बालक सहित ७ नेपालीको मृत्यु

हङकङ: हङकङको याउमातेइमा जन्मदिन मनाउने क्रममा आइतबार राती आगलागी हुँदा कम्तिमा ७ जना नेपालीको मृत्यु भएको छ।

मृत्यु हुनेमा १० वर्षीय बालकसहित चार पुरुष र तीन महिला रहेका छन। यस्तै गरी आगलागीमा परी १० जना घाइते भएका छ्न, घाइतेहरु मध्धे ३ जनाको अवस्था गम्भीर रहेको छ।

मृतकहरुको सनाखत हुन बाँकीरहेको त्यहाँ स्थिति नेपाली बागलुङ समाज हङकङका सचिव शक्तमान बुढाथोकीले जानकारी दिनु भएको छ। आगलागीको कारण बारेमा अझै स्पष्ट हुन सकेको छैन।

स्थानीय समय अनुसार आइतबार राती करिब ८ बजे भएको आगलागीमा १३ जना गम्भीर घाइतेलाई प्रहरीले उद्धार गरेको थियो।

घटनास्थल याउमातेइको क्यान्टोन रोड र साइगोन रोडको बीचमा पर्छ, जुन हङकङका नेपाली बसोबास गर्ने एउटा मुख्य क्षेत्र हो।

हङकङमा यो पछिल्लो एक दशकयता भएको सबैभन्दा डरलाग्दो आगलागी भएको प्रहरीले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *