एजेन्सी: दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा इन्डियन प्रीमियर लिग अन्तरगत मंगलबार राति भएको फाइनल खेलमा मुम्बई इन्डियन्सले पाँचौं पटक उपाधि जितेको छ।
दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले आइपिएलको उपाधि उचालेको हो। सुरुवातमा ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५६ रनको सामान्य लक्ष पेश गरेको थियो।
१५७ रनको सामान्य चुनौती पाएको मुम्बईले १८.४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो। पहिलो पटक फाइनलमा पुगेको दिल्लीले मुम्बईलाई पराजित गर्दै उपाधि जित्ने सपना चकनाचुर भएको छ।
खेलमा मुम्बईका लागि कप्तान रोहित शर्माले ५१ बलमा ६८ रन बनाएका थिए भने इशान किशनले अविजित ३३, क्विन्टन डिककले २० र सुर्यकुमार यादवले १९ रन बनाएका थिए।






