Home / Nepal / लकडाउनको गर्नुहोस् यसरी सदुपयोग, प्रतिफल ग्यारेन्टी

लकडाउनको गर्नुहोस् यसरी सदुपयोग, प्रतिफल ग्यारेन्टी

घरमै हुनु हुन्छ, धेरैजसो आफ्नै परिवार सँग हुनु हुन्छ । कोही साथीहरु आफ्नो परिवारसँग प्रत्यक्ष भेटघाट नभए पनि सामाजिक सञ्जालमा परिवारको साथमै हुनु हुन्छ।

यो पनि त्यसैमा मेरो सानो प्रयास मात्रै हुनेछ । सर्वप्रथम लकडाउन लाई हेर्ने पक्ष दुईवटा पाइन्छ। एउटा पोजिटिभ र अर्को नेगेटिभ , नेगेटिभ को त कुरै नगरौ पोजिटिभ को कुरा गर्नु पर्दा प्रत्येक हप्ता लकडाउन थपिएको थपिएकै छ । यो स्वागतयोग्य रुपमा लिन जरुरी देखिन्छ।

बसाई आफ्नै अवस्था अनुसार हुन सक्छ जहाँ हुनुहुन्छ , आज म लकडाउनको सुन्दर सदुपयोगका केहि उपायहरु भन्न गइरहेको छु। हुन त यहाँहरु आफैंले पनि उपाय हरु निकालिनै रहनुभएको छ ।

किनकी जति सिमानाका बन्द गर्यो उति घुसपैठीयाहरु आउन सक्दैन भने झै भाइरसलाई रोक्नको लागि हामीलाई सुरक्षित राख्नको लागि यो सब भएको छ।

हुन त सातदिन सबैको लागि कठिन समय नै हो । यो सात दिनको समयलाई धेरै जसोले धेरै जसोको फेसबुकमा अनि विभिन्न सामाजिक सञ्जालहरुमा एउटै कुरा गरेको पाउँछौं।

  • ‌कति सुत्नु पट्यारलाग्दो ।
  • कति पढ्नु पट्यारलाग्दो।
  • कतिको खेल्नु पट्यारलाग्दो ।
  • कति नाच्नु पट्यारलाग्दो । यी र यस्तै त्यस्तै भावना र विचारहरु प्रसस्तै मात्रामा पढ्न र सुन्न पाइन्छ ।


कोही कसैले त ूके के गर्नुपर्ने सब बर्बाद भैसक्यो, समय त्यतिकै बितिरहेको छ ,कामको घाटा ,पैसाको घाटा , नयाँ कामहरूको घाटा , समाजसेवामा घाटा, राजनीतिमा घाटा, यी र यस्ता कुराहरुले बेचैनी बनाएको छ ।

यी सब कुरा आउनु स्वभाविक पनि हो , तर एउटा कुरा सोचौ त , जब हामी रात पर्दा ला बर्बाद भयो, रात भयो, बर्बाद भयो , रातमा सबै घाटा भयो भन्छौंरु भन्दैनौ, किन ( किनकी रातमा सबैजना सुत्छन् म मात्र काम गरेर के गर्ने ।पसलहरु बन्द, उद्योगहरु बन्द, बैंकहरु बन्द ,स्कुल बन्द, त्यसैले निश्चिन्त भएर मज्जाले सुत्छौं।

किन कि रातमा मेरो मात्र होइन अरुको पनि काम हुँदैन। हो यही सोच हो , ठ्याक्कै यस्तै सोचको कुरा दिमागलाई खुवाउनु जरुरी छ ।

अरुबेला १२ घण्टाको रात हुन्थ्यो अहिले एक हप्ताको रात भयो यो रातमा मज्जाले सुत्ने आराम गर्ने हो भन्ने सोच्नु हुन्छ भने तपाईंको ५०५ तनाव बेचैनी आफै हटेर जानेछ ।

कृपया सात दिनको एक रात सम्झनुस यस्तो रात चार पाँचवटा बिताउँदा हामी लकडाउन को रात सकाएर त्यो सुन्दर बिहानीमा पुग्छौ जहाँ उषाका लाली हरुले हामीलाई स्वागत गर्नेछ।

त्यसो भए यो रात कसरी बिताउनेरु यो रात लाई कति प्रतिफल मुलक बनाउनेरु यो तपाईंको व्यवहारमा भर पर्छ यो समयमा हामीले धेरै कुरामा निखारता ल्याउन सक्छौं ।


१. शारीरिक रुपमा
२. मानसिक रुपमा
३. पारिवारिक रूपमा
४. सामाजिकरुपमा


यी चार कुराहरुलाई क्रमश बुझौं


१। शारीरिक रुपमा


शारीरिक रुपमा परिवर्तन ल्याउने दुई बाटा छन् । एउटा बाटो धेरै खाने, आनन्द लिने, खानाको स्वादले मोटाएर आफ्नो आयु घटाउने।
अर्को पाटो नियमित शारीरिक व्यायाम गर्ने र आफ्नो आयु लम्ब्याउनु का साथै व्यक्तित्वमा परिवर्तन ल्याउने ।


म तपाईंलाई नियमित व्यायाम को सल्लाह दिन्छु , साच्चै भन्ने हो भने यो समय शारीरिक व्यायाम गर्ने र परिवारलाई पनि शारीरिक व्यायाम सिकाउने उत्तम अवसर हो ।

तपाईंको न धेरै फोन कल आउछ, न अफिसको हतारो छ , न केही बित्ने चटारोले छ ।

माज्जाले शारीरिक व्यायाम सिक्दै सिकाउदै दुई घण्टा बितेको थाहै हुन्न । यसको नतिजा लकडाउन पछि तपाईले आफुलाई अरु भन्दा फरक व्यक्तित्वको रुपमा पाउनु हुन्छ । तर आफुलाई अरु भन्दा फरक बनाउँछु भन्ने लक्ष्य चाहिँ पक्कै हुनैपर्छ ।


२। मानसिक रूपमा


मानसिक रुपमा आफूलाई परिवर्तन गर्ने
आफूलाई निखार्ने यो समय जस्तो सुवर्ण अवसर अरु हुनै सक्दैन ।

तपाईले दैनिक एकदेखि दुई घन्टा पढ्ने हो भने सात दिनमा कुनै पनि नयाँ किताब सकाउनु हुन्छ, तर पढ्ने इच्छा भने तपाईंको आफ्नै राख्दा बेश ।

त्यसमा पनि तपाईंको काम र पेसामा सहयोग गर्ने किताब भए झनै राम्रो ।

३। पारिवारिक रूपमा


पारिवारिक रूपमा आफूलाई सबैको नजिक बनाउने बेला यही नै हो। परिवारमा सबै लाइ स्वस्थ राख्न घर सफाइ हुनु अति आवश्यक पर्दछ दुई घन्टा घरको कुना कानी सफा गर्न र लगाएको कपडा धुन र नुहाउन प्रयोग गर्नुभयो भने निकै आनन्दको महशुस गर्नुहुनेछ।

याद राख्नुस् कपडा धुने काम सधै महिलाको मात्र होइन पुरुषको पनि हो। नयाँ नयाँ स्वस्थकर खानाको परिकार सबै मिलि बनाउने प्रत्येक दिन नयाँ नयाँ खाना पकाउन सहयोग गर्नुहुन्छ भने , यसको छुट्टै आनन्द लिन सक्नुहुन्छ ।

यो समय समय कटाउने बहानामा तास मात्रै खेलि रहनु , लुडो मात्रै खेलिरहनु ,चेस मात्रै खेलिरहनु , रक्सी पिउँदै सारा दिन कटाउनु , यो जस्तो अभद्र क्रियाकलाप परिवारको महोल बिगार्ने कार्यमा अरु हुनै सक्दैन।

खेल्नु पनि समय हुन्छ ।पिउनु पनि समय हुन्छ ।तपाईं आफ्नो परिवारसँग बस्नुभएको छ ।भविष्यको बच्चाहरुले तपाईंबाट के सिक्ने र तपाई हामीले के सिकाउने भन्ने कुरा तपाईंको हातमा छ। तपाईंको व्यवहारमा छ ।


४। सामाजिक रूपमा


सामाजिक सेवा पूरा गर्ने हो भने सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट आफ्नो सम्पूर्ण साथी आफन्त र छिमेकी सँग भावना र विचार आदानप्रदान गर्ने उपयुक्त समय हो ।

तपाईं जहाँ हुनुहुन्छ वरपरको छिमेकीहरु सँग मिलेर आफ्ना टोल गाउँका ज्याला मजदुरीमा जीवन चलाउने व्यक्तिहरु प्रति थोरै उद्धार गर्ने सोच मात्रै राख्नुहुन्छ भने पनि लाखौंको सोच हुने छ ।

चाहे ती व्यक्ति हरु को कृयाकलाप विगतमा जस्तै होस् । यो समय भोकाएको जनावरहरूलाई समेत केही खुवाउने र उद्दार गर्ने समय हो भने, थोरै मानवताको भावना आफूमा ल्याउनुहुन्छ भने मानवीय सेवामा थोरै भए पनि आफुले सक्ने सहयोग गरिदिनु होला, सक्नुहुन्छ आफैले नसके जसले सहयोग गर्न सक्छ उसको सामु कुरा पुरयाएर भए पनि सहयोग गरिदिनु होला ।
यदि यी ४ कुराहरु मात्र पनि हामीले यो लकडाउनको समय कटाउन सदुपयोग गर्ने हो भने यो सदुपयोग को परीणाम तपाईंले लकडाउन सके पछि आफैंले महशुस गर्नुहुनेछ।


लेखक रोशन कुमार लो अर्गानिक वल्र्ड गु्रपका समेत प्रबन्ध निर्देशक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *