अस्ट्रियाको राजधानी भिएनामा स्थानीय समय अनुसार सोमबार साझ आतंकबादी हमला भएको छ। आतंकबादीहरुले भियाना शहरका बिभिन्न ६ स्थानमा एकै पटक अटमेटिक मेसिनगनबाट आक्रमण सुरु गरेका थिए।
प्रहरी र उनीहरु बिच गोलि हानाहान भएको थियो।
भियानाको एउटा रेस्टुरेन्टमा ग्राहकहरुले खाना खाइरहेका ठाउँबाट आक्रमण गरेका थिए। अस्ट्रीयामा सोमबार मध्यरातबाट लकडाउन लगाइएको थियो।
लकडाउनको पुर्ब सन्ध्यामा भएको यो आक्रमणमा दर्जनौं मानिश घाइते भएका छन भने एक आतंकबादीको मृत्यु भएको र अर्का एक समतिएका छ्न।
स्थानीय प्रहरीले नागरिकलाइ घरबाट ननिस्कन आग्रह गरेको छ। आतंकबादीहरु कति थिए भन्ने यकिन नभएकोले थप आक्रमण हुने सम्भावनालाइ मध्यनजर गर्दै प्रहरीले घरबाहिर र सार्बजनिक स्थानमा नजान आग्रह गरेको हो।






