काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप १७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको हो ।
बुधबार देशभर ११ जनाको मृत्यु भएको थियो भने मंगलबार १४ र सोमबार १५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
आइतबार कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको थिए भने शनिबार देशभर कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको थियो ।
गत साता देशभर संक्रमणबाट ११५ जनाको मृत्यु भएको थियो ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।






