Home / Politics / किन भेटे ओलीले भारतीय गुप्तचर संस्था (रअ) प्रमुख गोयललाई ?

किन भेटे ओलीले भारतीय गुप्तचर संस्था (रअ) प्रमुख गोयललाई ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख  सामन्तकुमार गोयलबीच भेटवार्ता भएको छ । 

सुरक्षा मामिलामा चासो राख्‍न गोयल बुधबार नेपाल आएका थिए । गोयल बुधबार बेलुकी नै प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार आएको र त्यहीँ भेटवार्ता भएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

भेटका क्रममा गोयलले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, सीमा समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको थापाले बताएका छन् ।

प्रधानमन्त्रीको जवाफ र कुराकानीबारे थापाले खुलाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *