काठमान्डौं: काठमाडौं शङ्खरापुरमा टेम्पो दुर्घटना हुँदा काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको छ।
महानगरीय प्रहरी प्रभाग साँखुले दिएको जानकारी अनुसार १३५७ अस्थायी नम्बरको नयाँ टेम्पो साँखु कात्तिके सडकखण्डको लम्बुडाँडा मोडबाट २५ मिटर तल खसेको बताइएको छ।
दुर्घटनामा परी ४ जना सामान्य घाइते भएका र उनीहरुको साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानाएको छ।






