Home / Nepal / News / स्वास्थ्यकर्मीसमेत दुई जनाको कोरोना संक्रमणबाट मृत्यु

स्वास्थ्यकर्मीसमेत दुई जनाको कोरोना संक्रमणबाट मृत्यु

जनकपुर । प्रदेश २ को महोत्तरी घर भएका एक जना स्वास्थ्यकर्मीसमेत दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

जिल्लाको बर्दिबास नगरपालिका –३ का ७५ वर्षीया महिला र मनरासिसबा –७, सरपल्लो घर भइ पर्साको जगरनाथपुर गाउँपालिकामा स्वास्थ्यकर्मीको रुपमा कार्यरत ५८ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । 

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ४९ जना नयाँ संक्रमित थपिएका छन् । धनुषामा तीन जना, महोत्तरीमा तीन जना, सिरहामा पाँच जना, बारामा एक जना, पर्सामा २४ जना, सर्लाहीमा तीन जना, रौतहटमा एक जना, सप्तरीमा छ जना र ठेगाना खुल्न नसकेका तीन जनागरी ४९ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । 

मंगलबार एक हजार दुई सय नौ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा कुल संक्रमित १३ हजार चार सय २९ जना मध्ये नौ हजार नौ सय ४५ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या एक सय ३१ पुगेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *