विराटनगर: जिल्ला प्रसासन कार्यलय मोरङले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले नेपाल भारत नाका सिल गरेता पनि अबैध रुपमा भारतीय बजार जाने गरेको भन्दै सिमामा थप कडाइ गर्ने भएको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले मानिसहरूहरु दैनिक उपभोग्य खरिद गर्न भारतीय बजार जाने गरेका र भारतमा कोरोना संक्रमणको दर बढिरहेको बेलामा भारतीय बजार जानेप्रति प्रहरीले थप कडाई गर्न निर्देशन दिएको बताउनु भएको छ।
प्रहरीको आँखा छलेर सिमा वारपार गर्दा कोरोनाको संक्रमण थप भयावह हुने भन्दै नेपाल प्रवेश गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर क्वारेन्टिनमा लगेर राख्न थालेका निरौलाले बताउनु भएको छ। प्रदेश १का मुख्य नाका बाहेक सहायक नाकाबाट आवजजावज गर्न पुर्णतः रोक लगाइएको भएता पनि लुकिछिपी आवजजावज रोकिएको छैन।
सिमामा अनाधिकृत रुपमा आवजजावज बढे सङै अनुमति लिएर नेपाल प्रवेश गर्ने बाहेक अन्यलाई प्रहरीले अनिवार्य रुपमा १४ दिनको क्वारेन्टिनमा राख्न सुरु गरेको छ। प्रदेश १ मा जोगवनी, पशुपतीनगर काँकडभिट्टा भान्टावरी नाका बाहेक अन्यनाका बाट आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको छ।






