Home / Nepal / News / मोरङको बिराटचोकमा आगलागी १० लाख भन्दा बढिको क्षति-

मोरङको बिराटचोकमा आगलागी १० लाख भन्दा बढिको क्षति-

विराटनगर, ८ असोज । मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ विराटचोकमा रहेका फुलफूल र तरकारी पसलमा बुधबारराति अचानक आगलागी भएको छ ।

फुलफूल र तरकारीको गोदामनै रहेको घरमा आगलागी हुँदा १० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले श्यामबाबु सुँडीको फलफूल र सुम्निमा श्रेष्ठको तरकारी पसलमा आगलागी भएको जानकारी दिए । उनका अनुसार सुँडी र श्रेष्ठले पूर्णप्रसाद ढकालको जग्गा संरचना बनाएर पसल सञ्चालन गर्दै आएका थिए ।

प्रहरीले विद्युत सर्ट भएर घटना भएको हुन सक्ने आशंका गरे पनि आगलागीको कारण खुलिसकेको छैन । ढकालका अनुसार आगोले दुवै पसल र पसलभित्र रहेका सबै सामान जलेर नष्ट हुँदा १० लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।

आगो बेलबारी र सुन्दरहरैँचा नगरपालिकाबाट गएका दमकल, स्थानीय बासिन्दा र प्रहरीको प्रयासमा एक घण्टापछि नियन्त्रणमा लिइएको थियो । प्रनि ढकालले समयमै आगो नियन्त्रणमा लिन सकिएका कारण अन्यत्र फैलिएर थप क्षति हुन नपाएको ढकालको भनाइ छ ।त्यही ठाउँमा रहेका तीनवटा होटलमा गत असार १४ गतेराति पनि आगलागी भएको थियो । त्यतिबेला आगो नियन्त्रणमा लिने क्रममा छ जना घाइते भएका थिए । मन्दिरा न्यौपानेको ए–वान खाजा घर, अर्चना पोख्रेलको पोख्रेल स्टाफ होटल र रमेश डंगोलको धनकुटे समीर स्टाफ होटलमा आगलागी हुँदा लाखौंको क्षति भएको थियो ।

त्यतिबेला आगलागी भएकै छेउमा रहेको फुलफूल र तरकारी पसलमा पुनः घटना भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *