Home / Society / चितवनमा पिकअप भ्यानले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु

चितवनमा पिकअप भ्यानले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु

चितवन । चितवनमा पिकअप भ्यानले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका ६, पारसनगरका ज्योति दराई छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार आज बिहान ७ बजे भरतपुर महानगरपालिका ६, गीतानगरबाट सीतारामचोक तर्फ गइरहेको लु.१च ४४३५ नम्बरको पिकअप भ्यानले विपरीत दिशाबाट आइरहेको प्रदेश नम्बर २-०३-००६प ७७६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

दुर्घटनामा  सख्त घाइते दराईको भरतपुर अस्पतालमा उपचारका क्रममा ७ बजे मृत्यु भएको थापाले जानकारी दिए । पिकअप भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *