हेर्दा र सुन्दा सामान्य लागेता पनि समयमा नै उपचार गरेन भने पायल्सले एउटा भयानक समस्या निम्ताउन सक्दछ। खासगरी शरीरमा अनुपयुुक्त खानपिनको कारण पेटमा गडबड उत्पन्न हुने र यहि समस्याको कारण पाचन प्रणालीमा उत्पन्न हुने समस्याले पायल्स रोग उत्पन्न हुने गर्दछ।
जब हाम्रो पाचन प्रणालीले हामिले खाएको खाना पचाउन सक्दैन तब दिसा मा समस्या उत्पन्न हुन्छ। खाना राम्रोसङ नपचेपछि बिस्तारै समयमा दिसा नलाग्ने र लागिहाले पनि दिसागर्न गाह्रो हुने जस्ता समस्याहरु पायल्सका सुरुवात हुनु अघिका लक्षणहरु हुन।
यदि तपाइँमा पायल्स छ भने सामन्यतया यस्ता लक्षणहरु देखिने गर्दछ्न।
१.दिसा एकदमै कडा हुने तथा दिसागर्दा पीडा महसुस हुने
२.दिसा गरिसकेपछी पनि अझै दिसा पुर्ण नभएको महसुस हुने
३.दिसा गरिसके पछि अन्त्यमा रगत जस्तो देखिने
४.मलद्वारको वरिपरि चिलाउने, छाला रातो हुने तथा घाउ हुने।
पायल्सबाट हुने दुखाइ कमगर्न निम्न कार्यहरू गर्ने गर्नुहोस
१.प्रसस्तमात्रमा झोल पदार्थ पिउनुहोस्
२.पाचन प्रणालीलाई चुस्त राख्न प्रशस्त मात्रामा फाइबर युक्त खाना खाने गर्नुहोस
३.दिनहुँ कम्तिमा एकपटक सौचालय जाने गर्नुहोस।
४.यदि दुखाइ धेरै छ भने प्यारासिटामोल लिनुहोस्
५.तनाव र दुखाइ कम गर्न न्यानो पानीले नुहाउनुहोस्।
६.दिनमा एक पटक मन तातो पानीमा नुन मिलाएर बाटामा राखी करिब १५ मिनेट दिनहु मलद्वार बाटामा डुबाउने गर्नुस
७.यदि पीडा धेरै भएमा तथा घाउ जटिल हुँदै गएमा स्वास्थकर्मी कहाँ तुरुन्तै सम्पर्क गर्नुस।






