Home / Nepal / कम्मर दुःखाईको समस्याको समाधानका उपायहरु : डा. यन्जन गैह्रे

कम्मर दुःखाईको समस्याको समाधानका उपायहरु : डा. यन्जन गैह्रे


ढाडको दुःखाई नेपालीको अर्को समस्या हो । यसैबाट शरीरका अन्य भागहरु दुख्न थाल्दछन् ।

कम्मरको रोग ढाडको हड्डीमा हुने संक्रमणबाट लाग्ने गर्दछ । कम्मर दुखेको बेला ज्वरो आउने, जिउ सिथिल हुने आदि लक्षणहरु देखा पर्दछन् ।

हुन त कम्मर दुख्ने समस्या विशेषगरी ४५–६४ उमेर समूहको मानिसमा पाइन्छ ।

तर बढ्दो तनाव, अनियमित दिनचर्याका कारण यस्तो समस्या हरेकमा उत्पन्न भएको छ ।

अचम्मको कुरा के छ भने जसलाई यो समस्या सुरु हुन्छ, धेरैजसो मानिसहरुमा अधिकतम ३ महिनामा स्वत ठिक हुन्छ ।

तर ५ प्रतिशत मानिसहरु यस्ता पनि हुन्छन् जसमा यो समस्याले नसालाई प्रभावित समेत गर्दछ ।

धेरैजसो मानिसहरुलाई कम्मरको मध्य र तल्लो भागमा पीडा महसुस हुन्छ ।

यसले काम गर्न समस्या खडा गरिदिन्छ । हाम्रा दैनिकी र खानपानमा परिवर्तन ल्याउन सके यसबाट हदसम्म छुटकारा पाउन सकिन्छ ।

हाम्रो देशमा विशेष गरी हड्डीमा क्षयरोगका किटाणुले संक्रमण गरेर यो समस्या देखिने गरेको छ ।

त्यसैगरी रजस्वला बन्द भएपछि अधबैँसे महिलामा पनि ढाड दुख्ने समस्या देखिन्छ ।

त्यस्तै, ढल्कदो उमेरमा शरीरभित्र हुने हर्मोनको परिवर्तन, पोषणमा कमी र शारीरिक गतीविधिले पनि ढाडको समस्या हुन्छ ।

यी कुराले हाडको क्याल्सियम र कडापना दिने पदार्थ गुम्न गई दुखाइ बढ्ने हुन्छ ।

कम्मरको पछाडिको भाग छुट्टिनु, खेलाडी, किशोर अवस्था, उमेर पाको हुँदै गएको अवस्था, ट्युमर भएको अवस्था आदिमा कम्मर दुख्ने गर्दछ ।

यसको दुखाई कम्मरको तल्लो भाग, नितम्ब र तिघ्राको पछाडिसम्म पनि फैलिने हुन्छ । विशेषगरी बिहानीपख बढी दुख्छ । बाथका कारणले पनि ढाड दुख्ने गर्दछ ।

यसबाहेक सामान्य अवस्थामा चाहिँ कम्मर यी कारणले दुख्ने गर्दछ ।

यदी मांसपेशिहरुमा अत्यधिक तनाव भएमा, अत्यधिक तौल भएमा, सधैंजसो अग्लो हिल भएको जुत्ता लगाएमा, गलत तरिकाले बस्नु भएमा, लामो समयसम्म बिरामी भएमा, गलत तरिकाले अत्यधिक गह्रुँगो तौल उठाएमा, अत्यधिक नरम डसनामा सुत्दापनि कम्मर दुख्न सक्छ ।

ढाड होस या कम्मर, जे दुखेमा पनि हामी घरेलु या प्राकृतिक उपचार गर्न सक्छौँ ।

निम्न कुरामा ध्यान दिऔँः

  • सकेसम्म अगाडि नझुक्नुहोस् । चाहे त्यो केहि टिप्दा होस, मुख धुँदा होस, बच्चा उठाउँदा होस, कुर्सीमा बसेर अगाडि झुक्दा नै किन नहोस् ।
  • धेरै भर्याङ्ग वा सिँडी उक्लनेरओर्लने, भारी बोक्ने आदि काम नगर्नुहोस् ।
  • लमो समयसम्म कुर्सीमा बस्नेरकम्प्युटरमा काम गर्नेरगाडी चलाउने जस्ता काम गर्दा आफ्नो पोस्चरको ख्याल गर्नुहोस् र लम्बर बेल्ट वा लम्बर रोलको प्रयोग गर्नुहोस् ।
  • यात्रा गर्नैपर्दा गाडीका पछिल्ला सिटहरुमा नबस्नुहोस र खाल्डाखुल्डीमा ध्यान पुर्याउनुहोस् ।
  • हिल भएका जुत्ताको प्रयोग नगर्नुहोस् ।
  • दुखाई कम गर्ने ९पेन रिलिफ आयल० तेल २(३ थोपा मिसाएर हलुका तातो तोरी वा नरिवलको तेलसँग बिहान र बेलुका मालिस गर्ने गर्नुहोस् ।
  • नियमित शारिरीक व्यायाम गर्नुहोस् । तर ढाडमा असर गर्ने गरी व्यायाम नगर्नुहोस् ।
  • डाक्टरको सल्लाह अनुसारको नियमित व्यायाम गर्नुहोस् ।
    कम्तीमा यी कुराहरुलाई ध्यान दिन सकियो भने ढाड दुखेका र दुख्नसक्ने कुराहरुलाई नियन्त्रण गर्न सजिलो हुन्छ ।

डा. गैह्रे हिमालयन योगा तथा प्राकृतिक हस्पिटलका मेडिकल डाइरेक्टर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *