Home / Nepal / ईईसी र आईपीएसको क्लियरिङ र सेटलमेन्ट लकडाउनअघिकै समयमा हुने

ईईसी र आईपीएसको क्लियरिङ र सेटलमेन्ट लकडाउनअघिकै समयमा हुने

काठमाडौं । इलेक्ट्रोनिक चेक क्लियरिङ (ईईसी) र अन्तरबैंक भुक्तानी प्रणाली (आईपीएस) को क्लियरिङ र सेटलमेन्ट लकडाउनअघिकै समयमा हुने भएको छ ।

नेपाल क्लियरिङ लिमिटेड (एनसीएचएल) हाउसले ईईसीको रेगुलर सेसनमा दिनको साढे १ बजेसम्म जम्मा गरिएका चेक र आईपीएसमा दिनको १ बजेसम्म प्राप्त भएका भुक्तानी आदेश सोही दिनमा फर्छ्योट गर्ने भएको हो ।

यो साबिकको व्यवस्था बिहीबारदेखि सुचारु हुनेछ । सो समय पछि प्रणालीमा आएका कारोबार भने अर्को दिनमा फर्छ्योट हुनेछन् । लकडाउनको अवस्थामा एनसीएचएलले साढे ११ बजेसम्म प्राप्त भएका कारोबार सोही दिनमा क्लियरिङ र सेटलमेन्ट गर्दै आएको थियो ।

चैत्र मसान्तमा अत्यावश्यक सेवा सुविधा अन्तर्गतका भुक्तानीको चाप अधिक हुने हुँदा लकडाउनको तेस्रो हप्ताको लागि क्लियरिङ र सेटल्मेन्टको समय परिवर्तन गरिएको हो । एनसीएचएलले कर्मचारीको तलब भत्ता, सरकारी भुक्तानी, सप्लायर–पार्टी पेमेन्ट, कस्टमर फन्ड ट्रान्स्फरलगायत भुक्तानी चैत मसान्तमा अधिक मात्रामा हुने भएकाले यस्तो व्यवस्था गरेको हो ।

एनसीएचएलको कनेक्ट आईपीएसबाट भने साविक बमोजिम चौबीसै घण्टा यसको मोबाइल एप्स, वेबसाइट अथवा बैंक वित्तीय संस्थाका मोबाइल र इन्टरनेट बैंकिङबाट कारोबार गर्न सकिन्छ । लकडाउनको अवधिमा एनसीएचएलले पहिलो र दोस्रो सातामा क्रमशः १८.६ अर्ब र ३५.६ अर्ब रुपैयाँबराबरको कारोबार फर्छ्योट गरेको जानकारी दिएको छ । एनसीएचएलले हाल ईईसी, आईपएिस, कनेक्ट आईपीएस, कनेक्ट आरटीजीएस र एनपीआई पाँचवटा राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *