Home / Society / देशभरीमा १ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

देशभरीमा १ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

काठमाडौ: बिगत २४ घण्टामा थप १ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भए संगै सङ्क्रमितको कुल सङ्ख्या ५५,००० नाघेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

हाल देशभर सक्रिय संक्रमित १५ हजार ३ सय ९३ जना रहेको छ भने बितेको २४ घण्टामा ८८९ जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्किएको मन्त्रालयले जनाएको छ। त्यस्तै, कोरोना संक्रमणबाट निको हुनेको कुल संख्या ३९ हजार ५ सय ७६ पुगेको र पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन।

यसै गरि बितेको २४ घण्टामा देशभरीमा थप १५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाए सङै कोभिड-१९ का कारण अहिलेसम्म ३६० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *