चितवन : चितवन जिल्लामा चार दिनमा विभिन्न मुद्दाका ८९ फरार प्रतिवादी पक्राउ परेका छन्।
भदौ ८ गते देखि ११ गतेसम्म जिल्ला प्रहरी कार्यालय चितवनले संचालन गरेको फरार प्रतिवादी पक्राउ अप्रेसनको क्रममा चोरी, लागुऔषध, बहुविबाह, वन पैदावार, किर्ते, जुवा, सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध बिच्छेद, सवारी अंगभंग, सवारी ज्यानलगायत मुद्दामा कैद तथा जरिवाना तोकिई फरार प्रतिवादी पक्राउ परेका हुन्।
जसमध्ये ८१ जना पुरुष र ८ जना महिला छन्। उनीहरुलाई फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालत बुझाइएको प्रहरीले जनाएको छ।






