काठमाडौं : कोभिड–१९ संक्रमणको जोखिमका हिसाबले ‘रेड जोन’मा काठमाडौं उपत्यकासहित देशका २० वटा जिल्ला छन्।
२० वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी र १९ जिल्लामा २०० भन्दा बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
रेड जोनमा पर्नेमा काठमाडौं उपत्यकाका तीनसहित झापा, मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेत छन्।
शनिबार (हिजो)सम्मको तथ्यांकानुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ८६६ रहेको छ । त्यस्तै, कोभिड संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ।






